आगामी वर्ष नेपालको झण्डा फहराउँदै रेल गुड्छः मन्त्री नेम्वाङ्


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ्ले आगामी आर्थिक वर्ष २०७७–०७८ मा नेपालको झण्डा फहराउँदै जयनगर-जनकपुर रेल गुड्ने बताउनुभएकाे छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शिर्षकमा विनियोजित बजेट र कार्यक्रममाथि सांसदहरुको प्रश्नको जवाफ दिदै उहाँले उक्त कुरा बताउनु भएको हो ।

लामो समयदेखि महत्वपुर्ण बाटोको रुपमा रहेको पुर्वपश्चिम राजमार्गको ४ लेन विस्तार र निर्माण कार्यलाई थालनी गरिएको र केही बर्ष यसको पुर्णतामा लाग्ने भएकाले हुलाकी सडक चार लेनको बनाउने योजना अहिले भएको समेत बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस