राप्रपा अध्यक्ष थापाद्धारा कडा ट्विट’लिम्पियाधुरा नेपालको भूभाग होईन भन्ने व्यक्तिलाई संसदमा रहने नैतिक आधार छैन’


काठमाडौँ, २७ जेठ । राष्ट्रिय प्रजातान्त्रीक पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल ट्विटरमा हिजो एक कडा ट्विट गर्दै जनता समाजवादी पार्टीका सांसद सरिता गिरीले नैतिकताको आधारमा संसदमा बस्ने आधार नभएको बताउनुभएको छ ।

सांसद सरिता गिरीले नेपालले नयाँ नक्सा जारी गर्नुअघि संसदमै भारत र चीनसँग नेपालले सोध्नुपर्ने, लिम्पियाधुरा नेपालको भूभाग नभएको बताउँदै विभिन्न मिडियामा लिम्पियाधुरा नेपालको भूभाग रहेको आफूले नस्विकार्ने भनेपछी अध्यक्ष थापाले थापाले गिरीले आफ्नो भनाई फिर्ता लिनुपर्ने वा सांसदको पद छाड्नु पर्ने बताएका बताउनुभएको हो ।

उहाँले लेख्नुभएको छ, ‘लिम्पियाधुरा नेपालको भूभाग होईन भन्ने/स्विकार गर्दिन भन्ने व्यक्तिलाई गरिमामय संसदमा रहने नैतिक आधार छैन। निजले आफ्नो भनाई फिर्ता लिनुपर्छ वा पद छाड्नु पर्छ’

प्रतिक्रिया दिनुहोस