कोरोनाबाट संक्रमित संख्या ४ हजार नाघ्यो,ज्यान गुमाउनेको संख्या १५


मंगलबार एकैदिन ३२३ जना काेराेना भाइरस संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले मंगलबार थप ३२३ जनामा संक्रमण देखिएको बताउनु भएको हो । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४०८५ पुगेकाे छ ।

चितवनका एक जना पुरुषको कोरोनाका कारण मृत्यु भए सँगै नेपालमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस