एसईई परीक्षा राेक्ने सरकारको निर्णय


काठमाडौं, २९ जेठ – सरकारले कोरोना महामारी नियन्त्रण गर्न लगाएको लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउनुको साथै पसलहरु सञ्‍चालन गर्न दिने निर्णय गरेको छ ।

बैठकले सामाजिक दुरी र सुरक्षाका मापदण्ड कायम गर्दै पसलहरु खोल्न दिने र निजी सवारी साधन जोर-बिजोरका आधारमा सञ्‍चालन गर्न दिने निर्णय गरेको छ । लकडाउनको सबै प्रकृया आज बिहिबार सार्वजनिक गर्ने बताइएको छ।

त्यस्तै बैठकले सरकारले एसइईको परीक्षा नगर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले एसइईको परीक्षा नगर्ने निर्णण गरेको हो । बैठकले आन्तरिक मूल्याङ्कनको आधारमा विद्यार्थीको ग्रेड निर्धारण गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस