थप २७३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुग्यो


काठमाडौं, ३१ जेठ –  नेपालमा थप २७३ जना सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँचहजार ३ सय ३५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुरा बताउनुभएको हो । 

भाइरसका कारणा दुईजनाको मृत्युभएको छ । योसँगै मृत्यु हुनेको संख्या १८ पुगेको छ । डाक्टर गौतमका अनुसार नयाँ थपिएका संक्रमितमध्ये २४७ जना पुरुष र ३६ जना महिला रहेका छन् । त्यस्तै कोरोना संक्रमण भएर निको हुनेको संख्या ९१३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस