अमेरिकाको बाल्टीमोरमा गोली चल्यो, एकको मृत्यु, सात घाइते
बाल्टीमोर, १६ बैशाख: संयुक्तराज्य अमेरिकाको बाल्टिमोरमा एक अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता चाकिया फेनोएले म्यारिल्यान्डको एडमोन्डसोन एभेन्यूको चर्च नजिकै गोली चलेको र एक व्यक्तिको मृत्यु भएको जानकारी दिनुभयो । बन्दुकधारीले भिडमा जथाभावी गोली चलाउँदा अरु सात जना घाइते भएका छन् ।
गोली चलाउने व्यक्तिको खोजी गरिरहेको प्रहरीले जनाउको छ ।