ऐतिहासिक संविधान संशोधनमा अनुपस्थित सांसदहरूको नामावली


काठमाडौं- नेपालको नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित गरिसयोस् भन्ने प्रस्तावको पक्षमा २५८ मत परेपछी सो प्रस्ताव् प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको छ।

शनिबारको बैठकमा उपस्थित कुल २५८ सांसदले नै प्रस्तावको पक्षमा मतदान गर्नुभएको छ । हिजो १६ जना सांसद बैठकमा उपस्थित हुनुभएन मतदान नगर्नेमा एकजना सांसद सभामुख हुनुहुन्छ । उहाले सांसद सदस्यको रुपमा मतदान गर्न पाउनुहुन्न्न ।

बैठकमा अनुपस्थित भएकामध्ये चारजना सांसद निलम्बित हुनुहुन्छ । उहाहरू बैठकमा आउन पाउनुहुन्न । जसमा विजयकुमार गच्छदार, मो. आफताव आलम, हरिनारायण रौनियार र रेशम चौधरी हुनुहुन्छ । बाँकी १२ जना सांसद पनि उपस्थित हुनुभएन जसमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद साह, शिवकुमार मण्डल, सरिता गिरी, सूर्यनारायणण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल र ज्ञानकुमारी छन्त्याल हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस