थापाको कडा ट्विट ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ताल्यायो”भन्ने प्रचण्डको भ्रामक र पुर्वाग्रही भनाई विकृत/असन्तुलित मानसिकता हो।’


काठमाडौं, ३२ जेठ । राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ट्विट गर्दै राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ताल्यायो”भन्ने प्रचण्डको भ्रामक र पुर्वाग्रही भनाई विकृत/असन्तुलित मानसिकता हो।’ भन्नुभएको छ ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न ल्याएको संविधान संशोधन विधेयकको पक्षमा बोल्दै नेकपाका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको नेपाली भूमी गणतन्त्रले फिर्ता ल्याएको बताएपछी थापाको ट्विट आएको हो ।

थापाको ट्विट गर्दै भन्नुहुन्छ :”राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ताल्यायो”भन्ने प्रचण्डको भ्रामक र पुर्वाग्रही भनाई विकृत/असन्तुलित मानसिकता हो। १७हजारको शवमा टेकेर बिदेशी स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराधवोध हो।नेपालको एकिकरण/अखण्डताको रक्षामा राजसंस्थाको महत्वपूर्ण भूमिका ऐतिहासिक सत्य हो।सिंगोराष्ट्र एकढिक्का भएर,सबै राष्ट्रिय शक्तिहरुको सहयोगलिएर नेपाली भूमी फिर्ता लिनुपर्ने बेला यस्ता विभाजनकारी सोच प्रत्युत्पादक हुनेछ।ईतिहासको सामान्य ज्ञान समेत नभएको वा उपेक्षागर्ने व्यक्ति कसरी पटकपटक प्रधानमन्त्री हुनुभयो।आश्चर्य लाग्छ। प्रचण्डको भनाईप्रति खेद व्यक्त गर्दछु’

प्रतिक्रिया दिनुहोस