नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ५ सय ९१


काठमाडौं, २ असार–नेपालमा थप ३८० जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या छ हजार ५ सय ९१ पुगेको छ । आज आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोरोना पुष्टि भएका व्यक्तिको संख्या ६ हजार ५ सय ९१ पुगेको जानकारी दिनुभएको हो ।

अहिलेसम्म पीसीआर विधिबाट १ लाख ४३ हजार ७ सय ३८ जनाको कोरोना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट २ लाख २३ हजार ५ सय १९ र पछिल्लो २४ घण्टामा ४ हजार १ सय ८३ जनाको आरडिटी परीक्षण भएको छ ।  ७३ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस