नेकपा सचिवालय बैठक बस्दै, एमसीसी र नागरिकता विधेयकबारे छलफल हुने


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठक आज (शनिबार) बस्दैछ । सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

सचिवालय बैठकमा सरकारले संसदमा दर्ता गर्न लागेको नागरिकता विधेयक र अमेरिकी सहयोग परियोजना (एमसीसी) बारेमा छलफल हुने छ ।
संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुंगो लगाउन नेकपामाथि ठुलो दबाव परेको छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी हुँदै गएको छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस