पत्रकार चिरन्जिवी पौडेल भन्नुहुन्छ ‘ बेसारको उपयोगीताका विषयमा दिएको अभिव्यक्तिलाई लिएर मजाक गर्नु भनेको आफैं वेवकुफ बन्नु हो । ‘


चिरन्जिवी पौडेलको फेसबुकबाट

यति नलेखिरहन सकिएन– प्रधानमन्त्री बेसारको उपयोगीताका विषयमा दिएको अभिव्यक्तिलाई लिएर मजाक गर्नु भनेको आफैं वेवकुफ बन्नु हो । उनले कुनै गलत कुराको प्रबद्र्धन गरेका छैनन् । रक्सी खानुस, कोरोना ठिक हुन्छ भनेको भए बिल्ला गर्न मिल्थ्यो । बेसारमा औषधीय गुण हुन्छ भन्ने हामीलाई पूर्वजहरुले सिकाएका छन् । साथै धेरै वैज्ञानिक अध्ययनले पनि यो तथ्य प्रमाणित गरेको छ । गुगल गरेर हेर्नुस ।
– प्रधानमन्त्रीले रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि बेसारको सेवन गर्न सुझाव दिएका हुन् । बेसारले नै कोरोना ठिक पार्छ भनेर ठोकुवा गरेका छैनन् । अहिले कोरोना संक्रमणबाट मुक्त भएका धेरैले बेसारबाट फाइदा भएको बताइरहेका छन् । यी साथीहरुको फेसबुक स्टाटस हेर्नुस ।
– ‘कोरोना भनेको रुघाखोकी जस्तो हो लागिहाल्यो भने हाछ्यू साछ्यू गर्नुपर्छ, तातोपानी खानुपर्छ उडाइदिनुपर्छ’ भन्ने प्रमको अभिव्यक्ति कोरोना संक्रमितले कसरी उच्च मनोबल कसरी राख्ने भन्ने सन्दर्भमा हो । एकपटक फेरि दोहोर्याएर सुन्नुस ।
– एउटा उदाहरण दिन्छु । तपाईं कुनै गम्भिर रोग लागेको बिरामीलाई भेट्नुभयो भने पनि ‘सामान्य हो, आत्तिनुपर्दैन, ठिक भइहाल्छ’ भन्नुहुन्छ कि ‘यो ठूलो रोग हो, अब बाँच्न गाह्रो छ’ भनेर अत्याउनुहुन्छ ? आफ्ना बालबच्चा बिरामी भए भने ‘यति तातोपानी खाउ त, एकैछिनमा चट् हुन्छ’ भन्नुहुन्छ कि नाई ? यो तपाईंको गैरजिम्मेवार अभिव्यक्ति हो कि बिरामीको हौसला बढाउने प्रयास हो ? देशको अभिभावकका रुपमा प्रमको अभिव्यक्तिलाई जनताको हौसला बढाउने प्रयासका रुपमा सकारात्क हिसाबले ग्रहण गर्दा राम्रो होला ।
– कोरोनासँगको लडाईंमा उच्च मनोबल अति महत्वपूर्ण हुन्छ । र, अधिकांसलाई तातोपानी खाएरै कोरोना ठिक भएको पनि छ । विश्वभरको आंकडा हेर्ने हो भने ८० प्रतिशतभन्दा मानिसहरु कुनै औषधि नखाई बिसेक भएका छन् । आशिंक केसमा कोरोना घातक हुन्छ । राज्यले गरेको ३ महिना लामो लकडाउन यही अपवादको लागि हो । कोरोनासँग लड्न हाछ्यू नै पर्याप्त छ भन्ने प्रधानमन्त्रीलाई लागेको थियो भने ३ महिना देशलाई लकडाउनमा राख्ने थिएनन् ।
– नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता बढि छ भन्ने प्रधानमन्त्रीको दावी अपुष्ट हुँदाहुँदै पनि कोरोनाको सन्दर्भमा चाहिँ सत्यको नजिक छ । कोरोनाको विश्वव्यापी मृत्यूदर अहिले ३.४ प्रतिशत छ । जबकि नेपालमा मृत्यूदर अहिलेसम्म ०.२६ प्रतिशत मात्र छ, जुन विश्वभरमै न्यून हो । मृत्यूदर न्यून हुनुका दुई कारण हुन सक्छन् । या त नेपालमा भित्रिएको भाइरस कमजोर प्रकृतिको हुनुपर्यो, या नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता बढि हुनुपर्यो । नेपालमा कोरोना अधिकांस भारतबाट आएको छ । भारतमा मृत्यू दर २.८ प्रतिशतको हाराहारीमा छ । भारतको भन्दा पनि नेपालको मृत्यूदर उल्लेख्यरुपमा कम हुनुले नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढि भएको संकेत गर्छ । भोली मृत्यूदर ह्वात्तै बढ्यो भने फरक निस्कर्षमा पुग्न सकिएला । अहिलेलाई यो एउटा अध्ययनकै विषय हो ।

– यदि केपी ओलीकै जस्तो स्पिच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री इमरान खान वा अरु कुनै विश्व नेताबाट आएको भए हामीलाई बडो टेस पथ्र्यो । सामाजिक सञ्जालमा लेखिने थियो, ‘अरु देशका प्रधानमन्त्री यसरी दिनदिनै आफ्ना देशवासीको हौसला बढाइरहेका छन् । हाम्रा प्रधानमन्त्री कुन दुलोमा लुकेका छन् ?’ आफ्नो देशका प्रधानमन्त्रीले जे बोले पनि त्यसलाई नकारात्मक ढंगले प्रचार गर्ने हामीलाई बानी परेको छ । – सरकारका गलत कामको, बेथितिको विरोध गर्न नछोडौं । तर, अनावश्यक कुरामा बबण्डर सिर्जना गरेर आफूलाई भेडाको औकातमा नझारौं । चिरन्जिवी पौडेलको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस