प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको कडा स्टाटर्स ‘हरेककाे आफ्नो ज्ञानकाे सीमा आलोचना गरेर छाेपिदैन ‘


प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले हरेककाे आफ्नो ज्ञानकाे सीमा आलोचना गरेर छाेपिदैन भन्नु भएको छ । आज उहाले आफ्नो फेसबुकमा एक स्टाटर्स राख्दै उक्त कुरा बताउनु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले औषधि नबनेको अवस्थामा कोरोना संक्रमितका लागि बेसार उपयोगी हुने बताएपछि सामाजिक सन्जालमा नियोजित रूपमा आलोचना सुरु गरिएपछी उहाको सो स्टाटर्स आएको हो ।

हेर्नुस थापाको फेसबुक स्टाटर्स ‘ मजाक उडाउने र अात्मरतिमा रमाउनेहरूकाे अल्पज्ञान र पूर्वाग्रहप्रति दया गर्नबाहेक अरू के गर्न सकिन्छ र ?
अाैषधीय तत्व भएका सामग्रीकाे बहुउपयाेग र राेग प्रतिराधी क्षमताकाे चर्चा गर्दा अल्पज्ञानीहरूकाे किन टाउकाे दुखेकाे हाेला ? प्रधानमन्त्रीज्यूले बाेल्नुभएका कुराहरूलाई अाफूखुशी ताेडमराेड गरेर अपव्याख्या गर्ने धृष्टताचाहिँ कसैले पनि नगरेकाे नै उचित हुन्छ !
कमसेकम यी भुक्तभाेगीहरूका अनुभवकाे त हेक्का राखेर बात मार्नु काइलाहरूले !!
हरेककाे अाफ्नाे ज्ञानकाे सीमा अालाेचना गरेर त छाेपिदैन !!! ‘

प्रतिक्रिया दिनुहोस