थप ५३५ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ५३५ जनामा कोरोनाको संक्रमण देखिएको बताउनुभएको छ ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ९ हजार ५६१ पुगेको छ । त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २३ रहेको छ ।नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या २१४२ पुगेको छ । पछिल्लो २४ घन्टामा ३७० जना ‘डिस्चार्ज’ भएका छन्।

अहिलेसम्म ७७ मध्ये ७६ जिल्लामा कोभिड-१९ पुगेको पुष्टि भएको छ। नेपालमा रसुवाबाहेक बाँकी ७६ जिल्लामा कोरोनाको संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस