प्रोक्सी वार बन्द गरौ :मन्त्री भट्टराई


संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टाईले प्रोक्सी वार बन्द गरौ भन्नुभएको छ । उहाले आफ्नो फेसबुकमा एक स्टाटर्स राख्दै उक्त कुरा बताउनु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेकपाको गहिरीएको विवादमा परामर्श गरेको बताउदै उहाले फेसबुकमा स्टाटर्स लेख्दै भन्नुहुन्छ “पार्टीभित्र देखिएका समस्याका बारेमा परामर्स गर्न स्थायी कमिटीका साथीहरुलाई अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान बोलाउनु भयो । बाँकी नेता र सदस्यहरुसँगै पनि परामर्स गर्ने प्रमले बताउनु भयो जुन सकारत्मक् छ । सहभागिहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन्, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास् र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुद्रिढ र एकताबद्ध बनाउन, विश्वाशको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको बिकास गर्न प्रमलाई सुझाब दिनुभएको छ । चिज साकारत्मक दिशामा जाने आशा गरौ । प्रोक्सी वार बन्द गरौ ।

नेकपाको स्थायी कमिटी बैठकका केही सदस्यहरुले राजीनामा मागेपछि प्रधानमन्त्री ओली संकटमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस