किन गए ओली निकट नेता प्रचण्ड भेट्न खुमलटारमा 


प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरू नेकपाका कार्यकारी अध्यक्ष पुष्पमकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न प्रचन्ड निवास खुमलटार पुगेका छन ।

प्रचन्डलाई भेटन जानेमा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी समिति सदस्य शंकर पोखरेललगायका नेताहरु छन ।

छलफल बिहान् देखी अहिलेसम्म जारी रहेको छ ।

हिजो झम्सीखेलमा प्रचण्ड-नेपाल समूहको रणनीतिक बैठकले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई दुबै पद छोड्न दबाब आजको स्थायी कमिटिको बैठकमा दिने गरी योजना तयार पारेपछी थप छलफल गर्दै मिलन विन्दुको खोजिमा नेताहरू खुमलटार गएका हुन ।

हिजोको बैठकमा नेकपा अध्यक्ष प्रचण्ड, सचिवालय सदस्य माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, स्थायी कमिटी सदस्य जनार्दन शर्मा, घनश्याम भुसाललगायत नेता सहभागी थिए ।

केही साताअघि सरकार लिम्पियाधुरा क्षेत्रलाई समेटेर ‘नयाँ’ नक्सा जारी गर्न सफल भएपछि प्रधानमन्त्री ओलीले भारतले आफूलाई हटाउन लागेको अभिव्यक्ती दिएका थिए ।

प्रतिक्रिया दिनुहोस