‘इनफ इज इनफ’ अभियानका युवालाई भेट्न प्रधानमन्त्री आँफै अस्पतालमा पुगेपछी


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली ‘इनफ इज इनफ’ अभियानका युवाहरूलाई भेट्न धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पुग्नु भएको छ ।

Image may contain: 2 people, people sitting and outdoor
फोटो सामाजिक सन्जाल

क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने, शंकास्पद सबैको पीसीआर टेस्ट हुनुपर्ने, कोरोना नियन्त्रणका लागि प्रभावकारी रुपमा काम गर्नुपर्ने लगायतका माग राखेर अनसनमा बसिरहेका छन् । अनसनमा बसेका युवाहरूको स्वास्थ्य अवस्था बुझ्न उहा त्यहाँ पुग्नु भएको हो ।

Image may contain: one or more people and people sitting
फोटो सामाजिक सन्जाल

ललितपुर स्थीत पाटन दरबार स्क्वायरको कृष्णमन्दिर पेरिसरमा अनसनमा बसेका युवाहरूलाई उपचारका लागि ह्याम्स अस्पताल लगिएको थियो । प्रधानमन्त्री ओलीले अनसनमा बसेका युवाहरूको मागमा आफू गम्भिर भएको र अनसन तोडन समेत आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले पोस्टखवरलाई बताउनु भयो ।

Image may contain: 1 person
फोटो सामाजिक सन्जाल

प्रतिक्रिया दिनुहोस