सहमतिको विन्दु प्रम ओली दुबै पदमा कायम रहने


काठमाडौं–नेकपाको आन्तरिक झगडा मिलाउन दोश्रो पुस्ताका नेताहरु सक्रिय हुन थाल्नु भएपछी नेकपाको विवाद समाधान तिर जान थालेको छ प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डसहितका नेताहरुबीच शुक्रबार दिनभर वार्ता चलेको थियो। छलफलमा एकताको मर्मअनुरुप अघि बढ्ने समझदारी बनेको बैठकमा सहभागी नेताले जानकारी दिएका छन ।

अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डले आज निकै खुलस्त कुराकानी गर्नुभयो । दुबै अध्यक्षले आफूलाई लागेका कुराहरू निर्धक्क राख्नुभयो,’ बैठकको बिषयमा जानकारी दिँदै महासचिव पौडेलले भन्नुभयो ।

हिजोको बार्ता सकारात्मक रहेपछि ओली र प्रचण्डबीच स्थायी कमिटी बैठकअघि आज शनिवार बिहान फेरि वार्ता गर्ने गरी निश्कर्ष दिने सहमति भएको छ ।

प्रचन्डको प्रस्तावमा गत मंसिर ४ गते सरकार पाँच् बर्ष अध्यक्ष ओलीले नै चलाउने र कार्यकारी अध्यक्षको रुपमा प्रचण्डले पार्टी सञ्चालन गर्ने निर्णय सचिवालयबाट भएको थियो । सोही निर्णय नै एकतामा देखिएको संकट टार्ने बिन्दु रहेको निश्कर्षमा दुवै अध्यक्ष पुग्नुभएको छ ।

खासगरी दोश्रो पुस्ताका नेताहरु शंकर पोखरेल, प्रदीप ज्ञवाली, घनश्याम भूषाल, योगेश भट्टराई, टोपबहादुर रायमाझी, बर्षामान पुनलगायतका नेताहरुले विहीवारदेखि सक्रियता बढाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस