नेकपाका प्रभावशाली नेता तथा पुर्व मन्त्री गोकुल बास्कोटाको आयो कडा ट्विट


काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ बालुवाटारमा बोलाएर मन्त्रीहरुलाई कता लाग्ने हो स्पष्ट हुन र नक्सा प्रकाशन गरेपछि अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने र लगातार मानमर्दन गर्ने काम भएको छ, यो सवै काम नेकपा फुटाउने योजनाका साथ भइरहेको छ, एकता जोगाउने अन्तिम प्रयाशमा छु, यदि कुरा नमिलेर फुटको संघारमा पुग्यो भने तपाईहरु स्वविवेकले निर्णय लिनुहोला भनेपछि नेकपामा संकट बढेको छ , उता हिजो नै खुमलटारमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल सहितका नेताहरुले छलफल गरी स्थायी कमिटीको निर्णयबाटै प्रधानमन्त्री र अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिन निर्देशन दिने तयारी गरेका छन ।

यसै बिच नेकपाका प्रभावशाली नेता तथा पुर्व मन्त्री गोकुल बास्कोटाले कडा ट्विट गर्नुभएको छ । उहाले आज विहान ट्विट गर्दै भन्नुहुन्छ ” पार्टी स्थायी समिति विचार,सङ्गठनकाे मियाे कि अस्थिरता,प्रतिशाेध साध्ने अखाडाे?अधिवेशन नगर्ने अध्यक्ष हटाउने,चुनिएकाे प्रधानमन्त्री काेटरीले हटाउने?डेरावाल निकाल्न त करारनामा हेर्नु पर्छ,घरमुली हटाउने,त्याेपनि चारपाँचकाे चुम्लुङले? नाकाबन्दी नटेर्दा,चुच्चे नक्शा निकाल्दाकाे सजाय!

प्रतिक्रिया दिनुहोस