रोकियो “बुल रन”
काठमाडौँ, १६ वैशाख: गत मंगलबार बाट लगातार उच्च अङ्कको वृद्धि कायम गर्दै आएको् शेयर बजार आज भने थामिएको छ ।
आजको कारोबार समाप्त हुँदा नेपाल स्टक एक्सचेञ्जको शेयर परिसुचक नेप्से ४.२१ अंकले घटेर १ हजार ३ सय १०.३१ अंकमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.०१ प्रतिशतले घटेर २८१.८४ अंकमा पुगेको छ ।
नेप्से परिसूचकमा गिरावट आए पनि कारोवार रकम औषत कारोबार रकम भन्दा माथि नै रहेको छ। आज १७४ कम्पनीका कुल ३० लाख १६ हजार ४८० कित्ता शेयर करिब रु १ अर्ब १९ करोड मा खरीद बिक्री भए ।
कारोवार भएका ११ उपसमूह मध्ये आज ६ उपसमूहको शेयर मुल्य घटेको छ भने ५ उपसमूहको शेयर मुल्य भने बढेको छ ।
आइतबार पनि ओरालो लागेको बैंकिङ उपसमूह आज ७.८ अंकले घटेको छ । यस्तै विकास बैंक १४.३६, जलविद्युत् १.५, वित्त ३.५३, निर्जीवन बीमा १०२.४३ र लघुवित्त ५.६२ अंकले घटेका छन् ।
यस्तै व्यापार ५.४९, होटल ७.३९, उत्पादन ९.७३, अन्य ३.३२ र जीवन बीमा १३०.७२ अंकले बढेको छ । नेपाल लाइफ इन्स्योरन्स कम्पनीको मात्रै रु १४ करोड ६९ लाख ८२ हजार ४८८ कारोवार भएको छ ।
यस्तै आइतबार सबैभन्दा बढी कारोवार भएको नेपाल बैंक लिमिटेड आज दोस्रो स्थानमा रहेको छ । सो बैंकको मात्रै रु ११ करोड २९ लाख ९४ हजार ४३९, प्रभु बैंक रु तीन करोड ८७ लाख ८४ हजार १९५, नेको इन्स्योरेन्स रु तीन करोड ३२ लाख ८६ हजार १५२, एनआइसिएशिया रु तीन करोड नौ लाख तीन हजार ६० मा कारोवार भई शीर्ष स्थानमा रहे ।
त्यसै गरि एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले ५.६६ प्रतिशतले कमाए । यस्तै लक्ष्मी इक्विटी फण्ड ५.५२, ओरियन्टल होटल ४.८०, सूर्योदय लघुवित्त वित्तीय संस्था ४.६६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले ४.५३ प्रतिशतले कमाए । यसैगरी राधी विद्युत् कम्पनीका शेयरधनीले ७.५१, एभरेष्ट इन्स्योरेन्स कम्पनी ५.४४, हिमालयन पावर पार्टनर ५.२३, कन्काई विकास बैंक ४.५४, यूनाइटेड इन्स्योरेन्स कम्पनी ४.४८, युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ४.३४ प्रतिशतले गुमाए ।