ओली-प्रचण्ड “वान टु वान” वार्तामा, नेपाल समुह असन्तुष्ट


नेकपा भित्र चर्किएको शक्ती संघर्षलाई निकास दिन अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले “वान टु वान” वार्ताको रणनिति लिएपछि माधव नेपाल समुह असन्तुष्ट बनेको छ।

आइतबार भएको छलफलमा ओली समुहबाट महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल थिए भने प्रचण्ड समुहबाट ऊर्जामन्त्री वर्षमान पुन र स्थायी समिति सदस्य जनार्दन शर्मा सामेल थिए। छलफलको बिषय बस्तुको गम्भीरताका कारणले गर्दा अध्यक्षद्धय बिचमा हुने वार्तामा अन्य नेताहरुलाई सामेल नगराउन उनिहरु बिचमा सहमति बनेको छ।

‘दुई अध्यक्ष मात्र बसेर खुसुखुसु गर्ने, अरूले पालना गर्नुपर्ने, तर यसपटक यस्तो हुँदैन । हामीलाई विश्वास छ, अहिले ६ जना सचिवालय सदस्यहरू एकातिर, तीनजना अर्कोतिर हुनुहुन्छ । हामी त दुईतिर यस्तो विभाजनको स्थिति नहोस् भन्ने चाहन्छौँ,’ माधव नेपालनिकट मानिने स्थायी समिति सदस्य रघुजी पन्तले आपत्ती जनाउँदै भने, ‘त्यसैले नेता–कार्यकर्ता सबैको चित्त बुझ्ने गरी, पार्टी एकता जोगाउने गरी निर्णय हुनुपर्छ र स्थायी समितिले पनि स्वामित्व ग्रहण गरेर निर्णय हुनुपर्छ । यो कुरा सबै नेताले बुझ्नुभएको छ भन्ने मलाई लागेको छ ।’

दुईजना मात्र लिएर जाने कुरा सन्तुलित नभएको भन्दै नेपालले आइतबारै प्रचण्डसँग आपत्ति जनाएका थिए । तर, यसको अर्थ उहाँहरूबीच अविश्वास छ भन्ने नभएको नेपालनिकट अर्का स्थायी समिति सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस