भारतीय सञ्चारमाध्यम माथी मन्त्री योगेश भट्टराईको कडा ट्विट


काठमाडौं । नेपालको सरकार परिवर्तन गर्न भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्रीमाथि निरन्तर आक्रमण गर्न थालेपछि संस्कृति पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री योगेश भट्टराईले कडा ट्विट गर्नुभएको छ ।

उहाले भारतीय सञ्चारमाध्यमले पूर्वीय सभ्यताको उपहास गरेको बताउनु भएको छ ,

हेर्नुस उहाको ट्विट ‘ नेपालका प्रधानमन्त्री, नेपाली नेताहरु र नेपालको सवालमा भारतीय संचार माध्यममा आईरहेका समाचार तथा टिप्पणी हेर्दालाग्छ पूर्बिय सभ्यताको उपहास भईरहेको छ । उनीहरुले आँफैलाई सरेआम नङ्ग्याइरहेका छन । दया लाग्छ उनीहरुको चिन्तनप्रति !

प्रतिक्रिया दिनुहोस