नेकपाभित्र विवाद चर्काइदिएर फाइदा लिन खोज्नेहरु सक्रिय रहेको प्रचन्डको खुलासा


नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्र विवाद चर्काइदिएर फाइदा लिन खोज्नेहरु सक्रिय रहेको खुलासा गर्नुभएको छ । प्राकृतिक प्रकोपहरु बाढी पहिरो, कोरोना महामारी लगायत क्षेत्रका जनताको अवश्था बुझ्नका लागि आफ्नो गृहजिल्ला चितवनमा पुगेर उहाले उक्तकुरा बताउनु भएको हो ।

Image may contain: 1 person, sitting and indoor

कोरोनाको परिवेश देखाएर केही तत्व पार्टी ध्वस्त बनाउन लागि परेको उहाँको भनाई थियो । ‘केही तत्व कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन्, तर हामी सधैं एक छौं, उहाँले भन्नुभयाे ।

उहाँले भन्नुभयो, ‘एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष गरिरहेको छु र पार्टी नफुटोस् भन्नेमा हामी सचेत छौँ ।

उहाँले कार्यकर्ताहरुलाई पार्टी फुटिहाले जस्तो गरेर आरोप प्रत्यारोपमा नउत्री एकढिक्का हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ओली र म पार्टी भित्र स्वच्छ प्रतिस्पर्धामा छौं । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा म छैन ।’

यस क्षेत्रको जनप्रतिनिध समेत रहनुभएका अध्यक्ष प्रचण्डले राष्ट्रिय निकुञ्जले माडीमा पु¥याएको असर, यस क्षेत्रको शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकास सम्बन्धि आफ्नो ध्यान रहेको बताउनुभयो ।

अरु समान्य निर्वाचित सदस्यले जस्तो एक दुई वटा काम गरेर यस क्षेत्रबाट आफू फुत्केर जान सक्ने स्थानमा नभएकोले माडीको पूर्वाधार विकास हुनेमा विश्वस्त हुन उहाँले आग्रह गर्नुभयो ।

उहाँले माडी जाने बाटोमा पर्ने निकुञ्जमा आकाशे पुल बनाउने कुरामा सरकार र पार्टीमा छलफल भइरहेको बताउनुभयो । अध्यक्षले आकाशे पुलको अध्ययन र डिपिआरका लागि एक करोड रुपैयाँ बजेट छुट्याइएको जानकारी पनि दिनुभयो ।

उहाले पार्टीभित्रको विवाद चर्काइदिएर फाइदा लिन खोज्नेहरू भेटिएको बताउनु भयो । ‘प्रतिक्रियावादीहरू के चाहन्छन् भने एकातिर गएर यो बेला केपी शर्मा ओलीलाई छोड्न हुन्न भन्ने अर्कोतिर गएर प्रचण्डलाई छोड्न हुन्न यो बेला भन्ने पनि बुझिएको छ , प्रचन्डले बताउनु भयो .

प्रतिक्रिया दिनुहोस