नेपाल बैंकको नाफा दुई अर्ब २४ करोड


काठमाडौँ, १६ वैशाख (रासस) : नेपाल बैंक लिमिटेडले रु दुई अर्ब २४ करोड ५५ लाख खुद मुनाफा गरेको छ । बैंकले आज चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरी उक्त कुराको जानकारी दिएको हो । बैंकको चुक्ता पूँजी रु आठ ८ अर्ब चार करोड २६ लाखबाट बढेर रु नौ अर्ब अर्ब ८१ करोड ११ लाख पुगेको छ । बैंकले सो अवधिमा रु एक खर्ब पाँच अर्ब ६३ करोड निक्षेप सङ्कलन रु ८८ अर्ब १९ करोड १२ लाख ऋण प्रदान गरेको छ । विवरण अनुसार बैंकले रु चार अर्ब ७२ करोड ५२ लाख खुद ब्याज आम्दानी गरेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात २.७१ प्रतिशत, कर्जा निक्षेप अनुपात ७४.३२ प्रतिशत, आधार ब्याजदर ६.९२ रहेको छ । विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ५७ पैसा रहेकोमा चालु आवको सोही अवधिमा भने प्रतिशेयर आम्दानी ३० रुपैयाँ ५२ पैसामा सिमित भएको छ ।

प्रतिक्रिया दिनुहोस  
भनसुनको आधारमा योजना छनोट गर्ने जमाना अन्त्य भयो: अर्थमन्त्री पौडेल

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम्दानी र खर्चको लक्ष्य भेट्न गाह्रो हुने भएकाले

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

अर्थमन्त्री बिष्णु पौडेलको एउटै निर्णयले २४ अर्ब बचत

काठमाडौं, अर्थ मन्त्रालयले वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारको आन्तरिक खर्च कटौती गर्न १४ बुँदे

गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मर्कामा

सर्लाही – गोलभेँडाको उचित मूल्य नपाएपछि हरिवनका किसान मर्कामा परेका छन् । भारतबाट गोलभेँडा बजारमा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई