काठमाडाैं उपत्यकाका नाै जना समेत गरी १४४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १६ हजार ९४५ पुग्यो


काठमाडौँ, २९ असार – काठमाडाैं उपत्यकाका नाै जना समेत गरी आज थप १४४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयले गरेको ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप १४४ जनामा कोरोनाको संक्रमण देखिएको बताउनुभएको छ । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १६ हजार ९४५ पुगेको छ ।

त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३८ रहेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या दश हजार २९४ पुगेको छ । पछिल्लो २४ घन्टामा १७०५ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस