मेलम्ची परियोजनाको सुरूङमा दुर्घटना, २ जना बेपत्ता।


काठमाडौं, ३० असार–मेलम्ची खानेपानी आयोजनाको सुरुङ फुट्दा जाँच गर्न गएका दुई कर्मचारी बेपत्ता भएका छन् ।

दिउँसो १२:३० बजे पानी भरिएको मेलम्चीको सुरुङको गेट फुट्दा पानीले बगाएर त्याहाँ कार्यरत अन्दाजी ५५ बर्षिय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजी २५ बर्षिय इन्जिनियर सतिस गोईत बेपत्ता भएको त्यहाँ कार्यरत कर्मचारी युबराज गिरीले जानकारी दिएका छन् । त्यस्तै कन्सल्त्यान्ट दोर्जे पेन्बा र इन्जिनियर शेखर खनाल घाइते भएका छन्।
घाइतेहरूलाई हेलिकप्टर मार्फत काठमान्डौ लाने तयारी भैरहेको छ। अन्य बेपत्ताको हेलम्बु प्रहरी र सेनाले खोजी गरिरहेको छन्।
गेट फुटेपछि आएको बाढीले मेलम्चीको बा १ झ ८७६४ नम्बरको हाइलक्स गाडी समेत बगाएको छ । थप बिवरण आउन बाँकी छ ।
मेलम्ची खानेपानी आयोजनामा एक साता पहिलेदेखि सुरुङ परिक्षण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस