नेकपा स्थायी कमिटीको बैठक स्थगित, अर्को बैठक ४ गते बस्ने


काठमाडौं, २ साउन–सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको आज बस्ने भनिएको स्थायी कमिटी बैठक साउन ४ गते बस्ने भएको छ । आज बिहान ११ बजे बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो , तर फेरी अर्को बैठक साउन ४ गतेसम्मको लागि सारीएको हो ।

नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचिवालय सदस्य माधब कुमार नेपाल बीच बिहिबार पार्टीमा देखिएको आन्तरिक विवाद समाधानका लागि छलफल भएको थियो उक्त छलफलमा तीन नेता बीच कुनै सहमति भने हुन सकेन ।

यसअघिका बैठकहरुमा पनि बैठकअघि दुई अध्यक्षबीच सहमति बनाउन नियमित बैठक भने बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस