नेकपा स्थायी कमिटीको बैठक स्थगनपछी सुरेन्द्र पाण्डेको कडा ट्विट


नेकपाको स्थायी कमिटीको बैठक बारम्बार् स्थगन भएपछी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले तीब्र असन्तुष्टि व्यक्त गर्दै कडा ट्विट गर्नुभएको छ ।

स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको ट्विट , ‘नेकपा स्थायी कमिटी बैठक ११ बजेबाट ३ बजेलाई सरेछ। अब कति सार्ने हो? लाजै मर्दो भो अब त!’

नेकपाको आज बस्ने भनिएको स्थायी कमिटी बैठक साउन ४ गते बस्ने भएको छ । आज बिहान ११ बजे बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो , तर फेरी अर्को बैठक साउन ४ गतेसम्मको लागि सारीएको हो ।

प्रतिक्रिया दिनुहोस