ओलीको पक्षमा लागेकालाई फसाउन पूर्व माओवादी गुट सक्रिय


पार्टी एकता र स्थायी सरकारको पक्षमा केपी ओलीलाई नै प्रधानमन्त्री र अध्यक्ष पदमा निरन्तरता दिनु पर्छ भन्ने नेताहरु बिरुद्ध षडयन्त्र गर्न पूर्व माओवादीको एक गिरोह सक्रिय भएको छ।

अध्यक्ष केपी ओलीलाई जबरजस्ती पदबाट हटाईए पार्टी दुर्घटनामा पर्ने तथा स्थायी सरकारको लागि जनताले दिएको जनमत समेतको अपमान हुने भन्ने धारणा राख्ने उद्योग, बाणिज्य तथा आर्पुीत मन्त्री लेखराज भट्ट अहिले उक्त गिरोहको तारो बनेका छन। मन्त्री पद रहे सम्म भट्टले ओली सरकारलाई समर्थन गर्ने उक्त गिरोहले निष्कर्ष निकालेको छ ।

पोष्टखबरलाई प्राप्त जानकारी अनुसार उक्त गिरोहलेले मन्त्री भट्टलाई भ्रष्टाचार वा सम्पत्ती सुद्धिकरण जस्ता मुद्दामा फसाउन योजना बनाएका छन। सो योजनाको कार्यान्वयन गर्ने जिम्मेवारी भने सभामुख अग्नि सापकोटाका भाई भतिजा खलकलाई दिइएको छ। सोहि योजना अनुसार उनिहरु मन्त्री भट्टको बैंक खाता तथा सम्पत्तीको बिवरणको खोजी कार्यमा जुटेका छन।

सभामुख सापकोटाका भाई भतिजा खलकहरुले “गोकुल बाँस्कोटालाई जसरी षडयन्त्रपुर्वक फसाइयो, अब पालो भट्टको हो, प्रचण्डको साथ जसले छोड्छ त्यसलाई बाँस्कोटाकै हविगत बनाइन्छ” भन्दै छलफल गरेको काठमाडौं उपत्यकाका एक रेष्टुरा व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा पोष्टखबरलाई बताएका छन।

प्रतिक्रिया दिनुहोस