सचिवालय बैठकअघि ओली-प्रचण्ड बिचमा वार्ता हुने
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। शनिबार अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
उक्त बैठकले पार्टीभित्रको शक्ती संर्घषको समाधान खोज्ने बताइएको छ। नेकपाले स्थायी कमिटी बैठक स्थगन गरेर आज सचिवालय बैठक बोलाएको हो ।
गत असार १० गते देखि जारी रहेको नेकपाको पाँचौ स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवाद मिलाउन पटक पटक स्थगन हुँदै आएको छ। थापाले सचिवालय बैंठक अघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने जानकारी दिए।