सचिवालय बैठक सकिनेवित्तिकै प्रम सहित नेकपाका चार नेता शीतलनिवासमा


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक केही बेर अगाडि सकिएको हो ।

नेकपालभित्र देखिएका समस्याबारे छलफल भएको पार्टीकाेआन्तरिक समस्या र संकटलाई सहमतिकाे आधारमा संबाेधन र समाधान गर्ने बारेमा गृहकार्य गर्ने , पार्टी एकताकाे रक्षा र सुदृढीकरण गर्न छलफल जारी राखेर सहमतिमा निष्कर्षमा पुग्ने बारे छलफल भएको हो ।

सचिवालय बैठक सकिनेवित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली र अर्को अध्यक्ष प्रचन्ड, नेकपाका महासचिव बिष्णु पौडेल र् स्थायी कमिटी सदस्य जनार्जन शर्मा राष्ट्रपतिलाई भेट्न शीतलनिवासतर्फ लाग्नु भएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस