नेकपाको प्रस्तावित महाधिवेशन २०७७ मंसिरमा


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सार्नुभएको छ् ।

महाधिवेशनको नयाँ प्रस्ताव अघि आएपछी पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको राजिनामाको मागबाट पछाडी हटने सन्केत गर्नुभएको छ ।

अध्यक्षको प्रस्तवलाई आज बस्ने स्थायी कमिटिको बैठकले अनुमोदन गरेपछी महाधिबेशनको मिती तोकिने छ ।

ओलीको प्रस्तावमा प्रचण्डसहित सचिवालयका बहुमत सदस्य सहमत देखिनु भएको छ । सचिवालय सदस्य माधवकुमार नेपाल, झलनाथ खनाललगायतले भने दुई नेताको सहमति र प्रस्ताव कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्नुभएको छ ।

अध्यक्षद्वयले बैठकमा पार्टीको समस्या र संकटलाई सहमतिको आधारमा निकास दिएर पार्टी एकताको रक्षा गर्ने बताउनु भएको थियो । उहाहरुले राष्ट र जनताले दिएको जिम्मेवारी पनि पुरा गर्ने तिर अगाडी बढ्नुपर्छ भन्ने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस