समय लिएर ओलीलाई भेट्न प्रचण्ड पुगे बालुवाटार


शनिबार परिबन्दमा परेर शितल निवास पुगेको भनि स्पष्टिकरण दिएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

यस पटक भने अध्यक्ष प्रचण्ड समय लिएर नै प्रधानमन्त्रीलाई भेट्न आएको बालुवाटार पुगेको स्रोतले जनाएको छ ।

आइतबार निर्धारित स्थायी कमिटी बैठक दुई दिन स्थगित गरेर अध्यक्षद्वयबीच सहमतिको प्रयास भइरहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस