नमूना शहर र हरित नगरी बनाउने प्रतिबद्धता


वाग्मती प्रदेश भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले उक्त मन्त्रालयका सचिव तेजराज भट्टबीच आर्थिक वर्ष २०७७÷७८ का लागि कार्यसम्पादन करारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभयो । मन्त्री फुयाँलले वाग्मती प्रदेशले नयाँ सोच र चिन्तनका साथ प्रदेशलाई नमूना शहर र हरित नगरी बनाउने राष्ट्रिय सरोकारका विषयमा निश्चित समयभित्र योजना कार्यान्वयन गर्ने तहमा राष्ट्रसेवक, कर्मचारीको भूमिका सकारात्मक र लगनशील हुनुपर्ने बताउनुभयो । उहाँले वाग्मती प्रदेशको १३ वटै जिल्लामा खानेपानीको समूचित व्यवस्था गर्ने र गरिबीको रेखामुनि रहेका जनताको खरको छानोलाई अब यसै आर्थिक वर्षभित्र जस्ताको छानोमा परिणत गर्ने सरकारको लक्ष्यप्रति दृढ रहेको बताउनुभयो । उहाँले पोष्टबहादुर बोगटी भीमफेदी–कुलदेखानी सुरुङमार्ग निर्माणका क्रममा केही हप्ताभित्रै अन्तरराष्ट्रियस्तरको टेन्डरको मन्त्रालयले निर्माण व्यवसायका लागि सूचना जारी गर्न लागेको पनि जानकारी दिनुभयो । मन्त्रालयका सचिव तेजराज भट्टले चालू आव २०७७÷७८ का लागि प्रदेश सरकारले गरिने आफ्नो कार्यसम्पादनलाई सहज र छिटोछरितोका साथ विनियोजित बजेटअन्तर्गत रहेका विभिन्न योजनालाई नियमित पारदर्शीका साथ कार्यसम्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस