खुमलटारमा प्रचण्ड गुटका स्थायी कमिटी सदस्यको भेला, बादल र भट्ट अनुपस्थित


नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले आफु निकटका स्थायी समिति सदस्यहरुको भेला डाकेका छन। खुमालटार स्थित प्रचण्ड निवासमा भएको उक्त भेलामा पूर्व माओवादी पक्षधर अधिकांस स्थायी समिति सदस्यहरु रहेतापनि गृहमन्त्री रामबहादुर थापा “बादल” र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट भने अनुपस्थित रहेका छन।

पूर्व माओवादी कोटाबाट मनोनित स्थायी समिति सदस्यहरु छिन्नभिन्न भएकोले एकजुट बनाउने प्रयास स्वरुप अध्यक्ष प्रचण्डले उक्त भेला गरेको स्रोतले जानकारी गराएकोछ ।

“पूर्व माओवादी समुह कोही यता कोही उता जस्तो देखियो। त्यसैले अध्यक्षले सबैलाई बोलाउनु भएको हो” श्रोतले भन्यो, “यो बेलामा एक मत होस भनेर छलफल भएको हो।”

प्रतिक्रिया दिनुहोस