नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माको यस्तो आयो ट्विट


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा प्रभावशाली नेता जनार्दन शर्माले आफू एकताको पक्षमा रहेको बताउनु भएको छ । उहाले सामाजिक सन्जाल ट्वीटरमा आज एक ट्विट गर्दै उक्त कुरा बताउनु भएको हो ।

नेकपामा अहिले भैरहेको विवाद विषयमा आफ्नो धारणा राख्दै यस्तो ट्विट गर्नुहुन्छ ‘ पार्टी एकताबाट मर्माहत प्रबृत्ति । पार्टी एकता बच्लाकी भन्ने आतंकबाट उद्देलित भएर दुस्प्रचार गरिरहेको कुराप्रती भ्रम नपरी पार्टी एकताको पक्षमा दृढतापुर्वक उभिन अपिल गर्दछु । कुनै पद प्राप्तिको लोभ बिना पार्टी आन्दोलनको रक्षा गर्न दृढतापुर्वक लागेको कुरा प्रष्ट पार्दछु ।।’

प्रतिक्रिया दिनुहोस