नेकपा अध्यक्ष प्रचण्डद्धारा प्रदेश २ सरकार ढाल्ने चेतावनी

काठमाडौं : प्रदेश २ को सरकारले मधेसी जनताको हक हितमा काम गर्न नसकेको भन्दै नेकपाको नेतृत्वमा सरकार बन्न सक्ने प्रचण्डले बताउनु भएको छ ।
ललितपुरको खुमलटारस्थित निवासमा मंगलबार आयोजित मधेस तराई फोरमका नेता तथा कार्यकर्तालाई पार्टीमा प्रवेश कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।
अध्यक्ष प्रचण्ड सरकारले जनहितमा काम गर्न नसकेको भन्दै यस्तो सरकारलाई जनताले पर्खेर बस्नु नपर्ने समेत बताउनु भयो ।
उहाले जनताको हक हितमा काम गर्ने सरकारका लागि कम्युनिष्ट पार्टीकै नेतृत्वमा सरकार बन्नुमात्रै त्यहाँको जनताको हितमा हुन्छ समेत बताउनु भयो ।