काङ्ग्रेससँग भोट छ, भोटर छन, तर पार्टी वेपत्ता छ ।


केशव प्रसाद भट्टराई

@kpbnepal

काङ्ग्रेस र वर्तमान नेपाल

१. वीपी केही महिना गृहमन्त्री र केही महिना प्रधानमन्त्री मात्रै भएका हुन् ,उनको अधिकांश जीबन क्यान्सरसँग लड्दै , प्रजातन्त्रको लागि जेल र निर्वाशनमै वित्यो , तर पनि आधा सताव्दीसम्म वीपी र उनको पार्टी नेपाली राजनीतिको केन्द्रमा रहे Iकाङ्ग्रेस नेपाली राजनीतिको मियो बनेको थियो I विश्वको प्रजातान्त्रिक समाजवादी आन्दोलन र विकासोन्मुख मुलुकहरूलाई नयाँ परिचय र नेतृत्व गरेको थियो नेपाली काङ्ग्रेसले I

२. तर चाँडो भन्दा चाँडो सत्ताप्राप्त गर्ने र सरकारमा पुग्ने दौडमा वीपी र सुवर्णजीहरूबाट प्रतिपादित काङ्ग्रेसका विचार, मूल्य, मान्यता र विश्वासलाई परित्याग गरेर कहिले माले-एमाले,कहिले माओवादी र कहिले मधेशवादीको भरिया बन्दा बन्दै जाँदा गएको ३० वर्षदेखि सत्ता र सरकारमा रहेको काङ्ग्रेस खोज्नु पर्ने भएको छ I भोट छ, भोटर छन् , तर पार्टी वेपत्ता छ I

३. विचार र मूल्यमा बाँचेका वीपीले जेल र निर्वाशनबाटै काङ्ग्रेसलाई मुलुकको राजनीतिको केन्द्रमा राखे I तर सत्ता र शक्तिको बलमा बाँचेका गिरिजा प्रसाद, शेर बहादुर र रामचन्द्र पौडेलहरूले बालुवाटार, सिंह दरवार,मन्त्री क्वाटर र ग्यालरी बैठक र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भित्रैबाट काङ्ग्रेसलाई मुलुकको राजनीतिवाट झन्डै गायव गरिदिए I त्यसैले आज मुलुक अनिश्चित भविष्यको बाटो कुरिरहेको देखिन्छ I

४. अवस्था के पनि हो भने वीपीले जानाजान संभवत कसैमाथि अन्याय गर्नुभएन , सैद्धान्तिक सवालमा वीपी र मातृका बाबु बीचको विवादमा एक अर्का माथि कतै अन्याय भएको हो कि भन्ने देखिन्छ तर वीपीमाथि उहाँकै पार्टी, पार्टी नेतृत्व र भाइ भतिजा कसैले अन्याय गर्न बाँकी राखेनन् !

५. ३८ औँ स्मृति दिवशको अवशरमा नेपाली राजनीतिका र नेपालको राजनीतिक चिन्तन परम्पराका ती स्वनामधन्य महापुरुषमा हार्दिक श्रद्धाञ्जलि !!!

तल एकजना मित्रको टिप्पणीको सन्दर्भमा मेरो उत्तर यहाँ राख्नु सान्दर्भिक नै हुन्छ भन्ने लाग्यो – हेर्नुस एक त वीपीलाई प्रधान मन्त्री नहुनु पर्थ्यो भन्ने कुरा आफैँमा अराजनीतिक कुरा थियो I

पार्टीमा वीपी अत्यधिक लोकप्रिय अव प्रजातन्त्रमा लोकप्रिय व्यक्तिलाई प्रधानमन्त्री बन्नबाट छेक्नु पनि त प्रजातन्त्र भएन I

अर्को कुरा ,संसदीय बोर्डको बैठक अघि काङ्ग्रेसका प्रमुख नेताहरूको बैठकमा सुवर्णजीले नै वीपीलाई संसदीय दलको नेताको प्रस्ताव राख्नु भयो I

वीपीले त्यो निर्णय गर्ने जिम्मा सुवर्णजी, सुर्यबाबु र गणेशमानजीलाई दिनुभएको थियो I तीन जना वीपीबारे एकमत भए I

वीपी आफैँ र सुशीला आमा पनि वीपी प्रधानमन्त्री नभए हुन्थ्यो भन्ने चाहनु हुन्थ्यो I जय प्रकाश नारायण जस्तै भूमिकामा रहे हुन्थ्यो भन्ने सुशीला आमाको मत थियो I

अर्को कुरा वीपीले राजालाई यदि राजाको प्राथमिकतामा सुवर्ण जी हुनुहुन्छ भने आफू सुवर्ण जीकै पक्षमा फैसला गर्ने बताउनु हुँदा राजा महेन्द्रले सुवर्णजी अली लोसो भएकाले आफू वीपी जस्तै गतिशील, शीघ्र निर्णय गर्न सक्ने व्यक्तिको पक्षमा रहेको बताएका थिए I

परराष्ट्र मामिलामा वीपीको असाधारण सफलता र गतिशीलताका कारण ( इजरायल -इरान, सोभियत सङ्घ लगायतका मुलुकका नेतासँगको वीपीको बढ्दो घनिष्टता र विश्वासको सम्वन्ध) चीन र भारत दुवै झस्किए !आन्तरिक मामिलामा उनका क्रान्तिकारी कदमले राजा र उनका समर्थक हरू पनि विरोधी बन्दै गएका थिए I त्यो दुवै पक्ष मिसियो र उनी हटाइए I #Keshavprasadbhattatai

प्रतिक्रिया दिनुहोस