गरे के हुँदैन र ?


चितवन, १७ वैशाख : एक दशक दुबई र कतारमा श्रम गरेका रत्ननगरका पौडेल दाजुभाइ स्वदेश फर्केपछि आफ्नै पान पसलमा रमाइरहेका छन् । परिवारसँगै बसेर उनीहरुले विदेशको भन्दा राम्रो आम्दानी यही गर्न सफल भएका हुन् । छ वर्षअघि बैदेशिक रोजगारबाट फर्केर आउनुभएका रत्ननगर नगरपालिका–१० निपनीका नरिश्वर र रामु पौडेलले टाँडी बजारको बकुल्लहर चोकमा ‘पौडेल पान पसल एण्ड कोल्ड स्टोर’ खोलेर व्यवसाय गर्दै आउनुभएको हो । दाजु नरिश्वरका अनुसार उहाँ दुई वर्ष कतार र छ वर्ष दुबईमा तथा भाइ रामु १० वर्ष दुबई बस्नुभयो । विसं २०६९मा उहाँहरू दुबैले सल्लाह गरेर नेपाल फर्केपछि यो व्यवसाय थाल्नु भएको थियो । भाइ रामुले भन्नुभयो, “बकुल्लहर चोकको सानीआमाको जग्गामा रहेको पसल बिक्री हुँदै छ भन्ने सुनेपछि दाजुभाइ एयर अरबियाको जहाज चढेर नेपालमा नै व्यापार गर्ने सोचका साथ फर्कियौ । यी दाजुभाइले नेपाल फर्किएर रिमाल बासँग सानीआमाको जग्गामा रहेको पान पसल खरीद गर्नुभयो । रामुले भन्नुभयो,“हामीलाई पान बनाउने ज्ञान थिएन रु चार लाखमा पसल किन्दै गर्दा रिमाल बासँग दुईसातासम्म पान बनाउन सिकाउनुपर्ने सर्त राख्यौं ।” सोही सर्तअनुसार भारत नटेकेका पौडेल दाजुभाइलाई रिमाल बाले पान बनाउन सिकाउनुभयो । यससँगै ती दाजुभाइले कोल्ड स्टोर पनि सञ्चालन गर्दै लैजानुभयो । दाजु नरिश्वरका अनुसार यी दुबैबाट दैनिक रु ३० देखि ४० हजारसम्मको व्यापार हुने गरेको छ । उहाँका अनुसार एक महीनामा पसलको भाडा रु ३० हजारसहित पसल र घरको सबै खर्च कटाएर एकदेखि सवालाखसम्म बचत हुने गरेको छ । यही कमाएको पैसाले दुई कठ्ठा जमीन र एउटा नयाँ घर ठड्याइएको र अहिले यहाँको सम्पति रू चार करोड बराबरको पुगेको छ । घरमा खेतीपातीसँगै व्यापारमा बुबाले पनि सघाउँदै आउनु भएको भाइ रामुले बताउनुभयो । सो क्षेत्रमा सबैले रुचाएको पान उहाँले नै बिक्री गर्दै आउनुभएको छ । “दैनिक तीन सय खिल्लीभन्दा बढी पान बिक्री हुन्छ,” । रामुले भन्नुभयो, “यहाँ पान बेचेरै पनि सुन फलाउन सकिन्छ । विदेशमा अर्काको श्रम गर्नुभन्दा घरपरिवार र स्टमित्रसँगै रमाउन पाउँदा आफू निकै खुशी छु ।” दाजु नरिश्वरले भन्नुभयो,“कोही पनि विदेश जानुपर्दैन, त्यहाँको जति मिहनेत यही ग¥यो भने अवश्य सुन फल्छ ।”
रासस

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई