नेत्रविक्रम चन्द नेतृत्वको समूहका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ


बाजुरा, १७ वैैशाख : नेत्रविक्रम चन्द नेतृत्वको समूहका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ परेका छन् । विकलाई बूढीगङ्गा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट नेतृत्वको टोलीले सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । प्रक्राउ पर्नेमा बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विक.,सचिव भरत थापा, महिला सङ्घ क्रान्तिकारीका केन्द्रीय सदस्य पवित्रा विक र जिल्ला कमिटी सदस्य अङ्गराज भण्डारी रहेका छन् । विद्यार्थी कमिटीका गोरख रोकाया, समीक्षा विक सुशीला विक, सुस्मिता विक, केशातार विक र प्रेम थापा रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरीले प्रक्राउ गरेसँगै उनीहरुबाट विभिन्न विष्फोटक पदार्थसमेत जफत गरेको छ । चन्दा सङ्कलन गरेका रसिदसमेत फेला परेका छन् । प्रक्राउ परेकालाई मुद्दा चलाउने प्रहरीले जनाएको छ ।
(रासस)

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई