केपी ओलीले ५ बर्ष पुरै सरकारको नेतृत्व गर्नुहुनेछ : पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय


Nepal Energy Forum

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले केपि ओलिको सरकार ५ बर्ष चल्ने बताउनु भएको छ । उहाले हिजो इमेज च्यानललाई अन्तर्वाता दिदै उक्त कुरा बताउनु भएको हो ।

उहाले यो सरकारको स्थायीत्वमा शंका नगर्न आग्रह गर्दै भारतको चाहाना नै यहाँको राजनीतिमा खेल्ने हो भन्नुभएको छ ।

उहाले भारत र नेपालको सम्बन्धले परिवर्तन खोजेको बताउदै, त्यो भनेको पूर्ण समानताको परिवर्तन,हेपाइ र मिचाइको परिवर्तन, विस्तारवादको परिवर्तन,हस्तक्षेप बिरुद्द्को परिवर्तन् हो भन्नुभएको छ ।

उपाध्यायले भारत र नेपाल बीचको खुला सिमानालाई व्यबस्थीत गर्नुपर्ने आवश्यकता कोरोनापछी झनै देखिएको बताउनु भयो ।

हेर्नुस पुरै भिडियो

प्रतिक्रिया दिनुहोस