केराखेतीमा कोत्रे र गबारो किराको प्रकोप


गलेश्वर : केरा उत्पादन क्षेत्रका रूपमा विकसित हुँदै गएको म्याग्दीमा गरिएको केरा खेतीमा कोत्रे र गबारो किराकोे प्रकोप देखिएको छ । कीराको प्रकोपका कारण केरा किसान चिन्तित भएका छन् । केरामा हरेक वर्षझै यस वर्ष पनि उक्त कीराको प्रकोप देखिएपछि उनीहरू चिन्तित बनेका हुन् । यस वर्ष केरामा कोत्रे, गबारो, ढुसी, जुकालगायत कीरा लागेकाले यसको नियन्त्रण चुनौतीपूर्ण भएको ज्यामरुककोट केरा उत्पादक सङ्घका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताउनुभयो । “कोसा लाग्न लागेको बोटमा विभिन्न रोगकीरा देखिएका छन्”, कार्कीले भन्नुभयोे, “यस वर्ष उत्पादनमा ठूलो ह्रास आउने भएको छ ।” विशेषगरी मालभोग जातको केरामा कोत्रे र गबारो कीराको समस्या बढी देखिएको उहाँको भनाइ छ । जिल्लाका ज्यामरुककोट, अर्मन, बाबियाचौर, रत्नेचौरलगायतका क्षेत्रमा लगाइएको केरामा रोगकीरा लागेको किसानले बताएका छन् । यही समस्या कारण आफूले यो वर्ष केराखेती अघिल्लो वर्षभन्दा आधा कटौती गरेको खबराका कृषक द्रिवल घिमिरेले बताउनुभयो । “अघिल्लो वर्ष ५०० बोटा केरा लगाएको थिएँ”, उहाँले भन्नुभयोे, “रोगले अधिकांश बोट सखाप भए, अहिले २०० मात्र लगाएको छु ।” किसानले बगैँचा व्यवस्थापन गर्न नसक्दा यस किसिमको प्रकोप दोहोरिने गरेको कृषि ज्ञान केन्द्र, म्याग्दीका बागवानी विकास अधिकृत भोजबहादुर थापाले बताउनुभयो । केराको बोट परीक्षण नगरी ल्याउनु, एउटै जग्गामा नियमित केरा लगाउनु, माटो परीक्षण नगर्नु, अनावश्यक रूपमा विषादी तथा रासायनिक मल प्रयोग गर्नुलगायत कारण रोगकीराको प्रकोप देखिएको उहाँको भनाइ थियो । म्याग्दीमा गत वर्ष रु एक करोड २० लाख बराबरको केरा उत्पादन भएको र त्यसमध्ये एउटै गाउँमा मात्र केरा बिक्री गरेर रु ५५ लाख भत्रिएको किसानले बताएका छन् । जिल्लाका ३०० भन्दा बढी किसानले व्यावसायिक केराखेती गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई