नागरिकसँग गरिएका प्रतिबद्धा पूरा गर्छौं: नेता रावल


डोटी, १७ वैशाख: पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री भीम रावलले नगारिकसँग विगतमा गरिएका सबै प्रतिबद्धता पूरा गरिने बताउनुभएको छ ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ घोल्ताडा तथा वडा नं ४ पिपल्ला जोड्ने झोलुङ्गे पुल शिलान्यासका लागि यहाँ आइपुग्नुभएका उहाँले पत्रकारसँगको कुराकानीमा सो कुरा बताउनुभएको हो । नेकपाका सुदूरपश्चिम प्रदेश इञ्चार्जसमेत रहनुभएका नेता रावलले भन्नुभयो, “हामीले जे गर्छौं भनेका थियौँ ती सबै पूरा गरेरै छोड्छौँ ।” स्थानीय तहको निर्वाचनका क्रममा दिपायल सिलगढी नगरपालिका–५ घोल्तडामा पनि विगतमा गरिएको प्रतिबद्धता स्वरुप भूमिगत खानेपानी आयोजना निर्माण र झोलुङ्गे पुल निर्माण गर्न लागिएको उहाँको भनाइ थियो । प्रादेशिक भौतिक पूर्वाधार मन्त्रालयको रु ५७ लाख ३१ हजार ४११ को लागतमा बन्न लागेको उक्त पुलले जिल्लाको पिपल्ला बजार, घोल्ताडा, रातुली तथा पाकरी गाउँ जोड्ने स्थानीयवासी टीकासिंह भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुल नहुँदा यहाँका चार गाउँका बासिन्दालाई ओहोर–दोहोर गर्न निकै समस्या थियो। ” नेता रावलले सार्वजनिक यातायातका लागि दिपायल सिलगढी नगरपालिकाले किनेको नयाँ नगर बस पनि शुभारम्भ गर्नुभयो । नयाँ बस दिपायल सिलगढी नगर क्षेत्रभित्र सञ्चालन गरिने भएका छन् । दुईवटा बसलेमात्र यात्रुको चाप थेग्न नसकेका कारण थप नयाँ बस ल्याइएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई