नेकपामा जबजको नीति, जबज पक्षधरकै नेतृत्व : संयोजक महर


काठमाडौँ, १० साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठनका संयोजक ऐन महरले नेकपाका अर्का अध्यक्ष प्रचण्ड सँग नीति जसको नेतृत्व त्यसैकोमा सहमत भएको बताउनु भएको छ ।

हिजो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रममा ‘जसको नीति उसकै नेतृत्व’ हुनुपर्ने भनेपछी संयोजक महरले नेकपाको नीति नै जबज हुनुपर्ने बताउँदै जबज पक्षधरको नेतृत्व नै अबको मुख्य जिम्मेवारी भएको बताउनुभएको हो ।

महरले फेसबुकमा आज लगातार दुई स्टाटस राख्दै लेख्नुहुन्छ ‘ अध्यक्ष कमरेड प्रचण्ड सँग एउटा बिषयमा सहमत भैयो: जसको नीति उसैको नेतृत्व ! जबजको नीति जबज पक्षधरकै नेतृत्व ।
बिषय बडो स्पष्ट !!, ‘आज माधव नेपाल कमरेड सँग पनि सहमत भैयो। पार्टी भित्र नेतृत्व सँग सहमत नहुने हरु पार्टी फुटाउने होइनन चोइटिने नै हुन। २०५४ सालमा पनि माधव कमरेड महासचिव हुँदा उहाँ संग असहमत हुने कमरेड हरु चोइटिएकै त हुन। एमाले त एमाले नै रह्यो र उहाँ महासचिव नै रहनु भयो र सुर्य चिन्ह उहाँले नेतृत्व गरेको एमालेको नै रह्यो। यो यथार्थ ईतिहास हो।
तर मलाई बिश्वास छ ईतिहास दोहोरिने छैन र कोहि पनि चोइटिने छैनन। कमरेड केपि ओलि पहिलो अध्यक्ष र कमरेड प्रचण्ड दोस्रो अध्यक्ष भएको नेकपा भित्र नै सबैले आफ्नो भुमिका खोज्नु हुनेछ। भन्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस