ओली र प्रचण्ड लाई पुर्वमन्त्री बाँस्कोटाको प्रश्न : कमण्डलु बोक्ने कि कमान्डर बन्ने ? (भिडियो सहित )


काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टीका नेकपाका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य एवं पुर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले पार्टी नेत्रुत्वलाई कमन्डलु बोक्ने की कमान्डर बन्ने सोच्न आग्रह गर्नुभएको छ ।

मदन भण्डारी फाउण्डेशन काभ्रेलाञ्चोकद्वारा आयोजित जिल्ला भेलालाई आज बनेपामा सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘पार्टी सिध्याएर कमण्डलु बोक्ने कि पार्टी बलियो बनाएर कमान्डर बन्ने हो नेतृत्वले सोच्नु पर्ने बेला आएको छ ।

मेरो चेतावनी अध्यक्ष प्रचण्डलाई पनि हो ओलीलाई पनि हो, पार्टी भत्काउने भए किन बनाएको ?’ बाँस्कोटाको प्रश्न थियो ।

पूर्व संचारमन्त्री समेत रहनु भएका बाँस्कोटाले आमा बाउलाई छोराछोरी जन्माएपछि हुर्काउने दायित्व हुुने भन्दै हत्या गर्ने अधिकार नभएको र छोराछोरीको हत्या गरिए सजाए भोग्न तयार हुनुपर्छ भन्नुभयो ।

पार्टी एकता गर्नेहरु नै पार्टी विभाजित गर्न लाग्ने हो भने नेतृत्वको राजनीतिक हैसियत समाप्त हुने भन्दै उहाँले त्यस्तो फुटलाई जनताले साथ नदिने समेत बताउनुभयोे ।

पार्टी एकतालाई बलियो र खदिलो बनाउने भनेको सुस्पष्ट बिचारले हो । एकले अर्कोलाई लखेटेर हैन । सत्यलाई आत्मसाथ गरेर अघि बढौं उहाँको भनाई थियो ।

विधिको कुरा गर्नेहरुले नै विधि मिचेको दावी गर्दै उहाँले आफूलाई अलिकति अप्ठ्यारो भए औला ठडाउने प्रब्रितीले पार्टी अप्ठ्यारोमा परेको बताउनुभयो । ‘गुटबन्दी नगर्नेले नै भैसेपाटी, कोटेश्वर र खुमलटार मिटिङ किन गर्नु, नगर्नु नी बाँस्कोटाको भनाई थियो ।

उहाँले बर्तमान समय सरकारको विकल्प खोज्ने समय नभएको भन्दै नेतृत्व परिर्वतनका लागि समेत महाधिवेशन कुर्न आग्रह गर्नुभयो । ‘कसैको निहित ईच्छाका लागि पार्टी विभाजन गरिए आगामी निर्वाचनमा त्यसको जवाफ जनताले राम्रैसँग दिन्छन् त्यो कुराको हेक्का होस बाँस्कोटाको भनाई थियो ।

बाँस्कोटाले बर्तमान सरकार विकासको पक्षमा दृणताका साथ उभिएको बताउनुभयो । उहाँले भन्नु भयो विकासको पक्षमा होस्, या राष्ट्रियताको पक्षमा सरकार दरोसँग उभिएको छ ।

प्रतिक्रिया दिनुहोस