चीन-नेपाल रेलवेको सर्भे सुरु


चीन र नेपाल जोड्ने बहुचर्चित रेलवे निर्माणको कार्य शुरु भएको छ।

टेलिभिजन नेटवर्क सिजिटीएनको अनुसार रेलवे निर्माणको प्रारम्भिक चरण अन्तर्गत सर्भे, डिजाइनको लागि चीन सरकारले प्राविधिकहरु परिचालन गरेको छ।

यसरी चीन तर्फको सेक्सन निर्माणको लागि चीन सरकारले सर्भे, डिजाइन शुरु गरेसँगै रेलवे निर्माण कार्यको विधिवत रुपमा शुरुवात भएको हो ।

प्रतिक्रिया दिनुहोस