ओलीको इच्छा विपरित सरकारको नेतृत्व परिवर्तन हुँदैन


उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘स्वइच्छा’ ले पदबाट हटे बाहेकको अन्य अवस्थामा वर्तमान सरकारको नेतृत्व परिवर्तन हुन नसक्ने बताएका छन्।

प्रधानमन्त्रीले अपराध गरे जस्तो गरेर पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग्नु आश्चर्यजनक कुरा भएको उनको भनाइ छ। पार्टी भित्र असन्तुष्टिका विषयहरू भए छलफलको माध्यमबाट सुल्झँदै जाने उनले बताए।

“पार्टीभित्र केही असन्तुष्टिका विषय देखिएका छन्। विगतका सहमति सम्झौताको खास मर्म बुझ्न आवश्यक छ, तर आ-आफ्नो शैलीमा बाहिर विरोध गरेर समाधान निस्कँदैन। समाधान चाहने हो भने छलफलको माध्यमबाट असन्तुष्टिका विषय टु‌ंग्याउनुपर्छ।” मन्त्री पोखरेलले बताए।

पार्टी भित्र हाल देखिएको समस्याको स्थायी समाधान महाधिवेशन भएकोले समस्याको हल महाधिवेशनबाटै खोजिनु पर्नेमा उनले जोड दिए।

प्रतिक्रिया दिनुहोस