अनशनमा नेपाली काँग्रेसकाे ऐक्यबद्धता


गण्डकी पोखरा विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्तिको माग गर्दै नेपाल विद्यार्थी सङ्घले चार दिनदेखि गरिरहेको अनशनमा नेपाली काँग्रेस कास्कीले ऐक्यबद्धता जनाएको छ ।

विश्वविद्यालयमा करिब १० महिनादेखि ती दुईपदमा नियुक्ति नहुँदा विद्यार्थीको भविष्य अन्योलमा परेको जनाउँदै सङ्घले अनशन जारी राखेको छ ।

काँग्रेस कास्कीका सभापति कृष्ण केसीले आइतबार अनशनरत विद्यार्थी राजीव भण्डारी, फिरोज सुवेदी र दीपेन्द्र गौतमलाई भेटी जायज मागसहित गरिएको अनशनप्रति पार्टीको ऐक्यबद्धता व्यक्त गर्नुभयो ।

विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्न आग्रह गर्दै उहाँले विद्यार्थीको जायज मागप्रति बेवास्ता गरे अवस्था गम्भीर आउन सक्ने चेतावनी दिनुभयो । –––

प्रतिक्रिया दिनुहोस