सोमबार १० करोडको टे«जरी बिल बिक्री गरिने
नेपाल राष्ट्र बैंकले सोमबार रु १० करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत सोमबार टे«जरी बिल बिक्री हुन लागेको जनाएको हो ।
टे«जरी बिल बोलकबोलको प्रक्रियाबाट बिक्री गरिनेछ । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको सो टे«जरी बिल आगामी कात्तिक ११ गते परिपक्व हुनेछ ।
यसअघि बैंकले यही साउन ५ गते पनि रु पाँच अर्ब २० करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो । –––