साफ यु–१८ फुटबल च्याम्पियनसिप नेपालमा आयोजना हुने


काठमाडौँ, १७ वैशाख (रासस) :

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) यु–१८ फुटबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । आज यहाँ बसेको दक्षिण एशियाली फुटबल महासङ्घको साधारणसभाले साफ यु–१८ पुरुष फुटबल च्याम्पियनसिप नेपाललाई आयोजना गर्न दिने निर्णय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिता सन् २०१९ को सेप्टेम्बर २० देखि २९ सम्म काठमाडौँमा हुनेछ । बैठकले यस वर्षका लागि उमेर समूहका तीन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । पुरुषको साफ यु–१५ च्याम्पियनसिप अगष्ट २२ देखि ३१ सम्म भारतमा आयोजना गर्ने र महिलाको साफ यु–१५ च्याम्पियनसिप आयोजनाको जिम्मेवारी भुटान वा बङ्गलादेश मध्ये एक देशलाई दिने निर्णय भएको छ । महिला प्रतियोगिता अक्टोबर ९ देखि १८ सम्म सञ्चालन गरिने कार्यतालिकामा समावेश छ । नयाँ नेतृत्वको चयनसँगै साफको पहिलो साधारणसभाको बैठक काठमाडौँमा बसेको हो । यसअघि साधारणसभा श्रीलङ्काको कोलम्बोमा बस्ने तय भएको थियो । तर कोलम्बो स्लामिक स्टेटको आक्रमणमा परेपछि बैठक काठमाडौँमा सारिएको हो ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई