प्रमको राजीनामाको बिषय च्याप्टर क्लोज गर्दै प्रचण्डले नेपालसँग भने ,स्थायी कमिटीको बैठक नियमित एजेण्डामा छलफल गरौं


१२ साउन, काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले स्थायी कमिटीको बैठक नियमित एजेण्डा फर्काउनुपर्ने बताउनु भएको छ ।

प्रचण्ड निवासमा सचिवालय सदस्य माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आज प्रचन्डले उक्त कुरा बताउनु भएको हो ।

असार १० गतेबाट सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा एजेण्डामै नभएको प्रधानमन्त्रीको राजीनामाको बेप्रसंगको बिषय उठाएर नेपाल खनाल समुह गुटबन्दीमा लागेपछि पटक पटक बैठक स्थगित हुँदै आएपछी प्रचण्डले प्रधानमन्त्रीको राजीनामा बिषय च्याप्टर क्लोज गर्नुभएको हो ।

स्थायी कमिटीको बैठकका नियमित एजेण्डाहरूमा कोरोनाको नियन्त्रण, रोककथाम र उपचार , नेपालको सीमा समस्या र समाधान ,सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठानिक एकताका बाँकी कामहरू सम्पन्न गर्ने, एमसीसी र विविध छन ।

प्रतिक्रिया दिनुहोस